भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या २८ लाख नाघ्यो « Khabarhub

भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या २८ लाख नाघ्यो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ ।

भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५३ हजार ९९४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ४७ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार