भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या २८ लाख नाघ्यो | Khabarhub Khabarhub

भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या २८ लाख नाघ्यो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ ।

भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५३ हजार ९९४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ४७ बजे

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो