विश्वभर २ करोड २५ लाखभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

विश्वभर २ करोड २५ लाखभन्दा बढीलाई कोरोना संक्रमण

एकै दिन २ लाख ६२ हजार ६९६ संक्रमित


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ ।

एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९० हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५२ लाख ९१ हजार ७०२ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार १७४ जनाको मृत्यु भएको छ । ३२ लाख ४७ हजार ४३८ जना संक्रमित भएकोमा १९ लाख ४१ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५२ हजार ५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख २१ हजार ६६१ पुगेको छ । त्यसमध्ये ३७ लाख ४६ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २४ हजार ९२० जनाको मृत्यु भएको छ । ५९ लाख २७ हजार ९९२ जना संक्रमित भएकोमा ४६ लाख ३३ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८१ हजार ६९५ जनाको मृत्यु भएको छ । ५४ लाख ८४ हजार ३९१ जना संक्रमित भएकोमा ४० लाख ७८ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २६ हजार ६८५ जनाको ज्यान गएको छ भने ११ लाख ५१ हजार ६९५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ७४ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४७६ जनाको मृत्यु भएको छ । २६ हजार २५१ जना संक्रमित भएकोमा १६ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना