कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशक बन्न आकांक्षीको दौडधुप « Khabarhub

कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशक बन्न आकांक्षीको दौडधुप


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिनै लाग्दा नेतृत्वका आकांक्षीहरुको दौडधुप र लविङ बढेको छ ।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएपछि उनैलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनपर्ने जनदबाब छ ।

तर, उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको नेतृत्वका लागि एक दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीदेखि विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले, शेरसिंह भाट, नविन सिंह लगायतले प्राधिकारणको नेतृत्वका लागि आकांक्षा देखाएको स्रोतले बताएको छ ।

यसअतिरिक्त नेकपामा आवद्ध कतिपय परियोजनाका कर्मचारीहरूले पनि प्राधिकरणको नेतृत्वमा आकांक्षा राख्दै उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओली तथा उनी निकटका नेताहरूसँग भेटघाट बाक्लो पारेको बताइएको छ ।

घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराउँदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधार गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : ४५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको