काठमाडौंमा निषेध आदेश, सुरक्षा चेकजाँचमा कडाइ (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौंमा निषेध आदेश, सुरक्षा चेकजाँचमा कडाइ (फोटो फिचर)


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा गएरातिदेखि निषेध आदेश जारी भएको छ ।

निषेध आदेश जारी भएसँगै काठमाडौंमा आवतजावत तथा मानिसको चहलपहल कम भएको छ । कममात्र सवारी साधन सडकमा गुडेका छन् भने प्रहरीले विभिन्न स्थानमा चेकपोइन्ट बनाएर चेकजाँच गरिरहेको छ ।

अत्यावश्यक बाहेकका काममा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुलाई प्रहरीले अस्थायी रुपमा तय गरेको होल्डिङ सेन्टरमा राखेको छ ।

त्यस्तै अत्यावश्यक बाहेकका सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमित बढेपछि काठमाडौंका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेश आदेश जारी गरेको छ ।

निषेध आदेश अटेर गर्ने तथा कार्यान्वयन गर्न अवरोध गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बढीमा ६ महिनासम्म कैद हुने व्यवस्था कार्यान्वन गरिने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले बताए ।

यो महामारीबाट बच्न उच्च सतर्कतासहित अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

निषेश आदेश जारी भएको समयमा देखिएको काठमाडौंको सडक र चेकजाँचका तस्वीर हेर्नुहोस्

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : ३८ बजे

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको