मालीमा नागरिक सरकार गठनको तयारी « Khabarhub

मालीमा नागरिक सरकार गठनको तयारी


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएपछि त्यहाँ नागरिक सरकार गठनको तयारी भएको छ ।

सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन उक्त कदम चालेको उल्लेख गर्दै अब नागरिक सरकार गठन गरिने बताएका हुन् ।

राजधानी बमाकोमा बोल्दै मालीका सैन्य अधिकारीहरूले अब नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताएको बीबीसीले जनाएको छ ।

सैनिकको नियन्त्रणमा परेपछि राष्ट्रपति केयटाले शुक्रबार नै राजीनामा दिएका थिए । त्यसलगत्तै उक्त घटनामा सामेल सैन्य अधिकारीहरूले विपक्षी नेतासँग पनि भेट गरेका थिए ।

उक्त वार्तामा सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका धार्मिक अगुवा महमुद डिकोले अव त्यस्ता विरोध प्रदर्शन नगर्ने समझदारी बनेको बताइएको छ ।

दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका केयटाले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, आर्थिक अवस्था नाजुक बनाएको तथा संसदीय चुनावमा पनि धाँधली गरेकोजस्तो आरोप खेप्दै आएका थिए । यसैकारण उनी ३ महिनादेखिको आन्दोलन झेल्दै आएका थिए ।

ठूलो प्रदर्शनलाई बेवास्ता गर्दै अघि बढेका उनलाई शुक्रबार सेनाको एउटा समूहले नियन्त्रणमा लिएको थियो । लगत्तै उनले राजीनामा दिएका थिए । तर, सेनाको उक्त कदमको अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भइरहेको छ ।

विश्वका गरीब देशहरूमध्येमा पर्ने मालीमा पटक-पटक ‘सैन्य कू’ हुँदै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ११ : ५५ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।