मालीमा नागरिक सरकार गठनको तयारी « Khabarhub

मालीमा नागरिक सरकार गठनको तयारी


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएपछि त्यहाँ नागरिक सरकार गठनको तयारी भएको छ ।

सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन उक्त कदम चालेको उल्लेख गर्दै अब नागरिक सरकार गठन गरिने बताएका हुन् ।

राजधानी बमाकोमा बोल्दै मालीका सैन्य अधिकारीहरूले अब नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताएको बीबीसीले जनाएको छ ।

सैनिकको नियन्त्रणमा परेपछि राष्ट्रपति केयटाले शुक्रबार नै राजीनामा दिएका थिए । त्यसलगत्तै उक्त घटनामा सामेल सैन्य अधिकारीहरूले विपक्षी नेतासँग पनि भेट गरेका थिए ।

उक्त वार्तामा सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका धार्मिक अगुवा महमुद डिकोले अव त्यस्ता विरोध प्रदर्शन नगर्ने समझदारी बनेको बताइएको छ ।

दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका केयटाले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, आर्थिक अवस्था नाजुक बनाएको तथा संसदीय चुनावमा पनि धाँधली गरेकोजस्तो आरोप खेप्दै आएका थिए । यसैकारण उनी ३ महिनादेखिको आन्दोलन झेल्दै आएका थिए ।

ठूलो प्रदर्शनलाई बेवास्ता गर्दै अघि बढेका उनलाई शुक्रबार सेनाको एउटा समूहले नियन्त्रणमा लिएको थियो । लगत्तै उनले राजीनामा दिएका थिए । तर, सेनाको उक्त कदमको अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भइरहेको छ ।

विश्वका गरीब देशहरूमध्येमा पर्ने मालीमा पटक-पटक ‘सैन्य कू’ हुँदै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ११ : ५५ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट