चितवनका विभिन्न स्थानबाट अवैध काठ बरामद « Khabarhub

चितवनका विभिन्न स्थानबाट अवैध काठ बरामद


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – डिभिजन वन कार्यालय चितवनले  ४४९ क्यूफिट अवैध काठ बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो ।

भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ ।

सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताए ।

‘काठ खरीदको आवश्यक कागज र विल भेटिएको छैन’, उनले भने’, ‘थप अनुसन्धानपछि पुष्टि हुन्छ ।’

फर्निचर सञ्चालक नेपाली र काठ डिभिजन वन कार्यालयमा राखिएको छ । काठको स्रोत नखुलेका अवस्थामा वन ऐन २०७६ बमोजिम कारबाही गरिने खनालले बताए ।

यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ ।

गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिएका छन् । सालको गोलाइको स्रोत खुलेको छैन ।

त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठका विषयमा अनुसन्धान थालिएको  खनालले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ४२ बजे

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा– सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ