पूजा र प्रकाशबीच विवाद मिल्यो « Khabarhub

पूजा र प्रकाशबीच विवाद मिल्यो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच चलिरहेको विवाद मिलेको छ ।

चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ लगायतका संघसंस्थाको रोहबरमा भएको छलफलमा उक्त विवाद मिलाइएको हो ।

दुवै पक्षबीच सहमति भएसँगै अब पूजाले उजुरी नदिने र प्रकाशले पनि पेशागत मर्यादाभित्र रहेर कार्यक्रम चलाउने र संवेदनशील र सचेत रहने भनिएको छ ।

केही समयअघि कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुवेदीले पूजा शर्मालाई इंगित गर्दै  ‘दाह्रा निस्केकी महानायिका’ भनेका थिए ।

यो अभिव्यक्तिपछि अन्य कलाकार र पूजाले विरोध जनाएका थिए । साथै पूजाले फिल्मनिकट संघसंस्थामा उजुरी समेत दिएकी थिइन् ।

विरोध भएपछि प्रकाशले कार्यक्रममार्फत माफी मागेका थिए । तर, पूजाले भने चित्तबुझ्दो माफी नभएको बताएकी थिइन् ।

चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार दुवै पक्षलाई राखेर सहमति भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  २ : २४ बजे

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि