प्रिमियर लिगको खेल तालिका सार्वजनिक, च्याम्पियन लिभरपुलले पहिलो खेल लिड्ससँग खेल्ने « Khabarhub

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, च्याम्पियन लिभरपुलले पहिलो खेल लिड्ससँग खेल्ने


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लीस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन सेप्टेम्बर १२ देखि हुने भएको छ । बिहीबार सार्वजनिक खेल तालिका अनुसार लिगको पहिलो दिन ६ खेल हुनेछन् ।

गएको सिजनको च्याम्पियन लिगभरपुलले दोस्रो डिभिजन लिग च्याम्पियनसिपको विजेता लिड्स युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यस्तै, पहिलो दिन क्रिस्टल प्यालेस र साउथह्यामटन, फुलहाम र आर्सनल, होटनहाम हट्स्पुर र एभर्टन, वेष्ट वर्नमाउच र लेस्टर सिटी, वेष्ट हाम युनाइटेड र न्यूक्यासल युनाइटेडबीचको खेल हुनेछ ।

लिगमा म्यान्चेस्टर सिटी र एस्टोन भिल्ला, बर्नलि र म्यान्चेस्टर युनाइटेडबीचको खेल भने पुन: तय हुने बताइएको छ । गएको सिजनमा लिभरपुलले ७ खेल अगाडि नै लिगको उपाधि जित निश्चित गरेको थियो । यस्तै, सिटीले दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : ०२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई