रौतहट हत्याकाण्डका दोषीलाई कारवाही गर्न नेता साहको माग « Khabarhub

रौतहट हत्याकाण्डका दोषीलाई कारवाही गर्न नेता साहको माग


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका पछिल्ला दुई हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

जिल्लामा निषेधाज्ञा जारी रहेको बेला लगातार शृङ्खलाबद्ध रुपमा भईरहेको हत्या तथा आपराधिक गतिविधिले आम नागरिक त्रसित बनेको तर प्रहरी प्रशासनको ध्यान अन्यत्र रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । गरुडा नपा-८, जिंगडियाका २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटेर हत्या भएको ३ दिनपछि बुधबार माधव नारायण नपा-२, खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएपछि नेता साह प्रहरीको भुमिकाप्रती आक्रोशित भएका हुन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहु जसो समात्ने देखि राँगा भैसी नियंत्रणको लागि हवाई फायर गर्ने प्रहरी हत्या हिंसा रोक्नतर्फ केन्द्रित नहुँदा समाजमा त्रास पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेता साहले सामाजिक संजाल फेसबूकमा लेखेका छन्, “कोरोना महामारी नियंत्रणको लागि रौतहटमा जारी निषेधाज्ञाकै क्रममा श्रावन ३२ गते गरुडा नपा-८, जिंगडिया निवासी करिब २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटेर हत्या भयो । हिजो (भदौ ३ गते) माधव नारायण नपा-२, खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर पुनः अर्को हत्या गरिएको छ । यसरी कोरोना महामारी र लकडाउनसंग़ै रौतहटमा शृंखलाबद्ध रूपमा हत्याहिंसा लगायतका अपराधिक घटनाहरु भईरहेको छ । सर्वप्रथम, म यो शृंखलाबद्ध रूपमा भईरहेको गम्भिर हत्याकाण्डको घोर भर्त्सना गर्दछु साथै दोषीलाई कड़ा कार्वाहीको माग सहित पीड़ित परिवारप्रति गहिरो संबेदना व्यक्त गर्दछु ।”

“रौतहटमा लगातार भईरहेको यि र यस्ता अपराधिक घटनाले आम जनतामा त्रासको स्थिति सृजना मात्र भएको छैन सुरक्षा निकायको कार्यक्षमता माथी नै गम्भिर प्रश्न खड़ा गरेको छ । गम्भिर प्रकृतिको आपराधिक घटनाको छानबिनमा केन्द्रित हुनुको सट्टा नेपाल प्रहरीको ध्यान अन्यत्र त छैन ? किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहु जसो समात्ने देखि राँगा भैसी नियंत्रणकोलागि हवाई फायर गर्ने सम्मको क्रियाकलापले प्रहरीको ध्यान राजस्व छलि नियंत्रणमा बढ़ी केन्द्रित भएको हो की ? भन्ने प्रश्न आम जनताको जिज्ञासा बनेको छ,’ नेता साहले लेखेका छन् ।

।” नेता साहले लेखेका छन्, “यसरी रौतहटको सुरक्षा निकायको कमजोर भूमिकाका कारण शान्ति सुरक्षाको स्थिति चिन्ताजनक बन्दै गएकोले यसमा मथिल्लो निकायलाई थप एवं ठोस रुपमा क्रियाशील बनाउन गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : ५२ बजे

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव