कोरोना काेषबाट पाँच अस्पतालाई ७ करोड ५० लाख रुपैयाँ निकासा | Khabarhub Khabarhub

कोरोना काेषबाट पाँच अस्पतालाई ७ करोड ५० लाख रुपैयाँ निकासा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमित तथा कोरोनाको आशंका गरिएका बिरामीको उपचारमा संलग्न ५ अस्पताललाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ७ करोड ५० लाख रकम निकासा भएको छ ।

स्वास्थ्य मन्त्रालयको पत्राचारमा अर्थ मन्त्रालयले ५ वटा अस्पताललाई कोरोना संक्रमित तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचार, जोखिम भत्ता लगायतका लागि ७ करोड ५० लाख ४ हजार रुपैयाँ निकासा गरेको हो ।

अर्थ मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराएका ५ वटा अस्पतालहरुमा चितवनको भरतपुर अस्पताल, काठमाडौंका कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

यस्तै कर्णाली प्रदेशको चौरजहारी र दैलेख अस्पतालमा ल्याब व्यवस्थापन र रिएजेन्ट खरिदका लागि १० लाखका दरले २० लाख रुपैयाँ कर्णाली प्रदेशलाई वित्तीय हस्तान्तरण गरिएको छ ।

कुन अस्पतालले पाए कति रकम ?

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : १९ बजे

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा