गायक क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो सहित) « Khabarhub

गायक क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- गायक विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सर्वाजनिक भएको छ I गीतमा राष्ट्रिय भावना ओतप्रत भएको छ ।

आफू जन्मेको देश र जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । हिमाल-पहाड राष्ट्रिय गौरवको पोशाक, शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै-यस्तै मातृ भूमिप्रतिको आगाध प्रेमभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

चितवनमा जन्मिएका कलाकार क्षेत्रीले युरोपलाई कर्म भूमि बनाए पनि नेपाली लोक संस्कृतिप्रतिको माया गीतमार्फत दर्शाउँदै आएका छन् ।

युरोपमा पोर्तुगल हुँदै हाल नर्वेको ओस्लो निवासी उनी अत्यन्तै सरल स्वाभावका छन् । उनी जहाँ रहे पनि नेपाली समाजले आयोजना गरेको कार्यक्रमममा सहभागी हुँदा दर्शकहरुको मन जित्न सफल हुन्छन् ।

उनको हालै सार्वजनिक भएको जय नेपाल गीतले बाध्यताले धन कमाउन विदेशिएको आम नेपालीहरुको पीडालाई समेटेको छ ।

आफ्नो जन्म भूमि, आमाको न्यानो काख र भर्खर बैबाहिक सम्बन्धमा जोडिएका नव जोडी छाडेर ठूलो संख्यामा विदेशिएका नेपालीहरुको दुःख र व्यथालाई गीतले समेटेको छ ।

सुनौलो भविष्य बोकेर विदेशिएका कैयौं नेपालीहरुले त्यहाँ भोगेका दुःख र पीडालाई गीतको म्यूजिक भिडियोमा चित्रण गरिएको छ । घरमा परिवार गुमाउँदा समेत स्वदेश फर्किन नपाउँदाको वेदनालाई गीतको भिडियोमा मर्मस्पर्शी तवरले उतारिएको छ।

पुरानो पुस्ताले परिवार र धन कमाउन गरेको समर्पण  तथा नयाँ पुस्तामा आएको परिवर्तित सोचलाई समेत गीतले उजागर गरेको गायक क्षेत्री बताउँछन् । उनी भन्छन्- ‘मातृभूमिप्रतिको आगाध प्रेम छल्केको गीत हो- जय नेपाल ।’

गायक क्षेत्रीको आवाज रहेको गीतको रचनाकार विकाश सुवेदीले गरेका हुन् । गीतमा सुभाष भुषालको संगीत रहेको छ ।भिडियो आभाष आचार्य प्रोडक्सनबाट निर्माण गरिएको हो ।

फ्रान्सको परिसमा रहँदै आएका आभाषले नेपाली कला-संस्कृति तथा सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन् ।

भिडियोमा महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी, कर्मा वाङ्गेल लामा लगायतको अभिनय रहेको छ।

हेरौं गीतको भिडियो

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : ३६ बजे

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको