गायक क्षेत्रीको 'जय नेपाल' बोलको गीत सार्वजनिक (भिडियो सहित) | Khabarhub Khabarhub

गायक क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- गायक विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सर्वाजनिक भएको छ I गीतमा राष्ट्रिय भावना ओतप्रत भएको छ ।

आफू जन्मेको देश र जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । हिमाल-पहाड राष्ट्रिय गौरवको पोशाक, शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै-यस्तै मातृ भूमिप्रतिको आगाध प्रेमभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

चितवनमा जन्मिएका कलाकार क्षेत्रीले युरोपलाई कर्म भूमि बनाए पनि नेपाली लोक संस्कृतिप्रतिको माया गीतमार्फत दर्शाउँदै आएका छन् ।

युरोपमा पोर्तुगल हुँदै हाल नर्वेको ओस्लो निवासी उनी अत्यन्तै सरल स्वाभावका छन् । उनी जहाँ रहे पनि नेपाली समाजले आयोजना गरेको कार्यक्रमममा सहभागी हुँदा दर्शकहरुको मन जित्न सफल हुन्छन् ।

उनको हालै सार्वजनिक भएको जय नेपाल गीतले बाध्यताले धन कमाउन विदेशिएको आम नेपालीहरुको पीडालाई समेटेको छ ।

आफ्नो जन्म भूमि, आमाको न्यानो काख र भर्खर बैबाहिक सम्बन्धमा जोडिएका नव जोडी छाडेर ठूलो संख्यामा विदेशिएका नेपालीहरुको दुःख र व्यथालाई गीतले समेटेको छ ।

सुनौलो भविष्य बोकेर विदेशिएका कैयौं नेपालीहरुले त्यहाँ भोगेका दुःख र पीडालाई गीतको म्यूजिक भिडियोमा चित्रण गरिएको छ । घरमा परिवार गुमाउँदा समेत स्वदेश फर्किन नपाउँदाको वेदनालाई गीतको भिडियोमा मर्मस्पर्शी तवरले उतारिएको छ।

पुरानो पुस्ताले परिवार र धन कमाउन गरेको समर्पण  तथा नयाँ पुस्तामा आएको परिवर्तित सोचलाई समेत गीतले उजागर गरेको गायक क्षेत्री बताउँछन् । उनी भन्छन्- ‘मातृभूमिप्रतिको आगाध प्रेम छल्केको गीत हो- जय नेपाल ।’

गायक क्षेत्रीको आवाज रहेको गीतको रचनाकार विकाश सुवेदीले गरेका हुन् । गीतमा सुभाष भुषालको संगीत रहेको छ ।भिडियो आभाष आचार्य प्रोडक्सनबाट निर्माण गरिएको हो ।

फ्रान्सको परिसमा रहँदै आएका आभाषले नेपाली कला-संस्कृति तथा सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन् ।

भिडियोमा महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी, कर्मा वाङ्गेल लामा लगायतको अभिनय रहेको छ।

हेरौं गीतको भिडियो

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : ३६ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली