समृद्ध इलामको परिकल्पना गर्दै सम्पन्न भयो इलामेलीको विश्व भेला « Khabarhub

समृद्ध इलामको परिकल्पना गर्दै सम्पन्न भयो इलामेलीको विश्व भेला


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वर्ष समृद्धि भेला गर्ने समझदारीसँगै इलामेलीहरुको विश्व भेला सकिएको छ ।

शनिबार भर्चुअल माध्यमबाट भएको भेलामा विश्वभर रहेका इलामेहरुले सहभागिता जनाएका थिए। भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

विश्वभरका इलामेलीहरुको भेला यहि २०७७ असोज ३ शनिबार गते साँझ आगामी वर्ष इलाम समृद्धि भेलाको आयोजना गर्ने गरि ७ वुँदे घोषणा पत्र जारी गर्दै इलामेली विश्व भेला सम्पन्न भएको आयोजक समिति सचिवालय सचिव अर्जुन भट्टराईले बताएका छन् ।

जिल्ला समन्वय समिति इलामकोले संयोजनमा भएको भेलामा ४०० इलामेको सहभागिता रहेको आयोजक समित सचिवालयका सचिव अर्जुन भट्टराईले जानकारी दिए ।

भेलामा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले इलामलाई नमूना जिल्ला बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्ने बताए ।

संविधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास सुवासचन्द्र नेम्वाङले इलामको समृद्धिका लागि सबै इलामेको सक्रियता चाहिने बताए ।

प्रदेश १ का कृषि राज्यमन्त्री रामरानाले इलामलाई कृषिसँगै अन्य क्षेत्रको विकास गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए ।

भेलामा सांसदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभरका इलामेली समाज र विभिन्न क्षेत्रका विज्ञहरु तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेको आयोजक समिति सदस्य कृष्ण शाहले जानकारी दिए ।

Image may contain: 3 people, including Prakash Pokharel

के छन् ७ बुँदामा

इलामेलीको विश्व भेलाले जारी गरेको ७ बुँदे घोषणा पत्रमा कोभिडविरुद्ध एक भएर लड्नेदेखि इलामलाई समृद्ध बनाउन गरिने पहललाई समेटिएको छ ।

यस्ता छन् घोषणा पत्रमा समावेश गरिएका ७ बुँदा

– विश्वमा रहेका इलामेलीहरुको तथ्यांक संकलन गर्दै विश्व मञ्च तयार गर्ने,

– कोभिड १९ को संक्रमणबाट बच्न सबै इलामेलीबीच सूचना आदानप्रदान गर्ने र इलामलाई महामारीबाट बचाउन विश्वभरबाट इलामको स्वास्थ संस्थाहरुको स्तर वृद्धिमा सहयोग गर्ने,

– इलामको उत्पादन र पर्यटनलाई विश्व बजारमा बजारीकरण गर्न पहल गर्ने,

– इलामको पर्यटन विकास र कृषि औधोगीकरण गर्न स्रोतमा साझेदारी र लगानी गर्ने,

– इलामको सम्मृद्धिमा प्रयोग भएका सफल अभ्यासहरुलाई देशको अन्य जिल्लाहरुमा विस्तार गर्न साझेदारी र सहजीकरण गर्ने,

– इलामलाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तथा इलामलाई शैक्षिक हव बनाउन पहल गर्ने,

– परिस्थिती सहज भएमा आगामी वर्ष इलाममा विश्व इलाम समृद्धि सम्मेलन आयोजना गर्ने ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ४० बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल