समृद्ध इलामको परिकल्पना गर्दै सम्पन्न भयो इलामेलीको विश्व भेला « Khabarhub

समृद्ध इलामको परिकल्पना गर्दै सम्पन्न भयो इलामेलीको विश्व भेला


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वर्ष समृद्धि भेला गर्ने समझदारीसँगै इलामेलीहरुको विश्व भेला सकिएको छ ।

शनिबार भर्चुअल माध्यमबाट भएको भेलामा विश्वभर रहेका इलामेहरुले सहभागिता जनाएका थिए। भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

विश्वभरका इलामेलीहरुको भेला यहि २०७७ असोज ३ शनिबार गते साँझ आगामी वर्ष इलाम समृद्धि भेलाको आयोजना गर्ने गरि ७ वुँदे घोषणा पत्र जारी गर्दै इलामेली विश्व भेला सम्पन्न भएको आयोजक समिति सचिवालय सचिव अर्जुन भट्टराईले बताएका छन् ।

जिल्ला समन्वय समिति इलामकोले संयोजनमा भएको भेलामा ४०० इलामेको सहभागिता रहेको आयोजक समित सचिवालयका सचिव अर्जुन भट्टराईले जानकारी दिए ।

भेलामा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले इलामलाई नमूना जिल्ला बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्ने बताए ।

संविधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास सुवासचन्द्र नेम्वाङले इलामको समृद्धिका लागि सबै इलामेको सक्रियता चाहिने बताए ।

प्रदेश १ का कृषि राज्यमन्त्री रामरानाले इलामलाई कृषिसँगै अन्य क्षेत्रको विकास गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए ।

भेलामा सांसदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभरका इलामेली समाज र विभिन्न क्षेत्रका विज्ञहरु तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेको आयोजक समिति सदस्य कृष्ण शाहले जानकारी दिए ।

Image may contain: 3 people, including Prakash Pokharel

के छन् ७ बुँदामा

इलामेलीको विश्व भेलाले जारी गरेको ७ बुँदे घोषणा पत्रमा कोभिडविरुद्ध एक भएर लड्नेदेखि इलामलाई समृद्ध बनाउन गरिने पहललाई समेटिएको छ ।

यस्ता छन् घोषणा पत्रमा समावेश गरिएका ७ बुँदा

– विश्वमा रहेका इलामेलीहरुको तथ्यांक संकलन गर्दै विश्व मञ्च तयार गर्ने,

– कोभिड १९ को संक्रमणबाट बच्न सबै इलामेलीबीच सूचना आदानप्रदान गर्ने र इलामलाई महामारीबाट बचाउन विश्वभरबाट इलामको स्वास्थ संस्थाहरुको स्तर वृद्धिमा सहयोग गर्ने,

– इलामको उत्पादन र पर्यटनलाई विश्व बजारमा बजारीकरण गर्न पहल गर्ने,

– इलामको पर्यटन विकास र कृषि औधोगीकरण गर्न स्रोतमा साझेदारी र लगानी गर्ने,

– इलामको सम्मृद्धिमा प्रयोग भएका सफल अभ्यासहरुलाई देशको अन्य जिल्लाहरुमा विस्तार गर्न साझेदारी र सहजीकरण गर्ने,

– इलामलाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तथा इलामलाई शैक्षिक हव बनाउन पहल गर्ने,

– परिस्थिती सहज भएमा आगामी वर्ष इलाममा विश्व इलाम समृद्धि सम्मेलन आयोजना गर्ने ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ४० बजे

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय