आइपीएलमा सन्दीप आवद्ध दिल्लीको खेल आज « Khabarhub

आइपीएलमा सन्दीप आवद्ध दिल्लीको खेल आज


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले  किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।

दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर भएकाले सन्दीपले आजकै खेलमा स्थान पाउने सम्भावना कम रहेको बताइएको छ ।

सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ ।

किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन ।

दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शासहित ऋषभ पन्त, शिखर धवनसहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन् । पञ्जाबमा क्रिस गेलसहित ग्लेन म्याक्सवेल जस्ता ठुला सट प्रहार गर्ने खेलाडी रहेका छन् ।

यसअघि उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५० बजे

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९