अब दुई घण्टामा पीसीआरको नतिजा « Khabarhub

अब दुई घण्टामा पीसीआरको नतिजा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको छ ।

अस्पतालले र्‍यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।

कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो ।

सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् ।

उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए ।

नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए ।

कलेजले हाल रु दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बीमा पिसिआर परीक्षणमा लागू भएमा सहज हुने निर्देशक डा न्यौपाने भनाइ छ ।

जिल्लामा भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ४७ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय