वरिष्ठ नेता पौडेलको प्रस्ताव : पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ « Khabarhub

वरिष्ठ नेता पौडेलको प्रस्ताव : पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर १४ औँ महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

सुदूरपश्‍चिम कांग्रेसका नेता कार्यकर्तासँगको भर्चुअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर गर्न सकिने विकल्प अघि सारेका हुन्।

कांग्रेसको १४ औँ महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ। उनले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताए।

‘फागुनमा महाधिवेशन गर्न १३ औँ महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम राखौँ,’ पौडेलले भने, ‘यदि फागुनमा महाधिवेशन भएन भने पार्टीमा अराजकता बढ्छ। कसले कसलाई मान्‍ने को सभापति, को के, त्यसैले पार्टीको विधान र विधि बचाउन १३ औँ महाधिवेशनका प्रतिनिधि कायम राखौँ।’

पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्‍ने दाउ मात्रै हेरेको बताए।

‘सभापतिज्यू फागुनमा कुनै हालतमा पनि महाधिवेशन गर्ने मनसायमा हुनुहुन्‍न। त्यसैले त अहिले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरणमा बखेडा झिकिरहनु भएको छ,’ उनले भने, ‘उहाँ अहिले महाधिवेशन नगर्ने र आफू कसरी शक्तिशाली हुने दाउमा मात्रै हुनुहुन्छ।’

उनले पार्टीको भविष्य देउवाले अलमल पार्ने निश्चित भएपछि महासमितिको बैठकमै महाधिवेशनको कार्यतालिका ल्याउन प्रस्ताव गरेको दाबी गरे।

‘मेरो कुरालाई सभापतिज्यूले गम्भीर लिनु भएन। केन्द्रीय समितिमा नेताहरुले ध्यान दिएनन्’ उनले भने, ‘हाम्रै साथीहरुले पनि रामचन्द्र दाइ बुढो भएर जान्छ हाम्रो पालो आउँछ भन्‍ने खालको व्यवहार देखाए।’

पौडेलले सभापति देउवाकै कारण संसदमा प्रमुख प्रतिपक्षी दल कमजोर भएको बताउँदै त्यसले सरकार अराजकतातर्फ उन्मुख भएको जिकिर गरे।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ३१ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका