पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप, अनुराग कश्यप बोले यस्तो | Khabarhub Khabarhub

पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप, अनुराग कश्यप बोले यस्तो


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कलाकार पायल घोषले निर्देशक अनुराग कश्यममाथि यौन शोषणको आरोप लगाएकी छिन् ।

पायलले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् । उनले ट्वीटरमा लेखिन्, ‘अनुराग कश्यमले मसँग जबरजस्ती गरे, नरेन्द्र मोदी जी तपाईंसँग मेरो अनुरोध छ कि, यिनका विरुद्ध कारवाही होस्, ताकि देशलाई उनको हर्कतको थाहा होस् ।’

उनले यो खुलासा गरेकाले आफ्नो सुरक्ष खतरामा परेको भन्दै मद्दत समेत मागेकी छिन् ।

अहिलेसम्म पायलले अनुराग कश्यपविरुद्ध उजुरी दर्ता गराएकी छैनिन् । यता राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पायल घोषसँग यसबारेमा पूरै जानकारी मागेकी छिन् ।

साथै पायलको समर्थन गर्दै कलाकार कंगना रनावतले पनि अनुराग कश्यपलाई पक्राउ गर्नुपर्ने माग गरेकी छिन् ।

अनुराग कश्यपले भने यसलाई ‘आक्रमण भएको’ प्रतिक्रिया दिएका छन् ।

कश्यपले लगातार चारवटा ट्वीट गर्दै भनेका छन्, ‘अझै त धेरै आक्रमण हुनेवाला छ, यो त शुरुवात मात्र हो, नबोल् भनेर धेरै फोन पनि आइरहेको छ, यो पनि थाहा छ– थाहा छैन, कहाँ कहाँबाट तीर छोड्ने वाला छन्, प्रतीक्षामा छु ।’

खख

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ५५ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई