पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप, अनुराग कश्यप बोले यस्तो « Khabarhub

पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप, अनुराग कश्यप बोले यस्तो


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कलाकार पायल घोषले निर्देशक अनुराग कश्यममाथि यौन शोषणको आरोप लगाएकी छिन् ।

पायलले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् । उनले ट्वीटरमा लेखिन्, ‘अनुराग कश्यमले मसँग जबरजस्ती गरे, नरेन्द्र मोदी जी तपाईंसँग मेरो अनुरोध छ कि, यिनका विरुद्ध कारवाही होस्, ताकि देशलाई उनको हर्कतको थाहा होस् ।’

उनले यो खुलासा गरेकाले आफ्नो सुरक्ष खतरामा परेको भन्दै मद्दत समेत मागेकी छिन् ।

अहिलेसम्म पायलले अनुराग कश्यपविरुद्ध उजुरी दर्ता गराएकी छैनिन् । यता राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पायल घोषसँग यसबारेमा पूरै जानकारी मागेकी छिन् ।

साथै पायलको समर्थन गर्दै कलाकार कंगना रनावतले पनि अनुराग कश्यपलाई पक्राउ गर्नुपर्ने माग गरेकी छिन् ।

अनुराग कश्यपले भने यसलाई ‘आक्रमण भएको’ प्रतिक्रिया दिएका छन् ।

कश्यपले लगातार चारवटा ट्वीट गर्दै भनेका छन्, ‘अझै त धेरै आक्रमण हुनेवाला छ, यो त शुरुवात मात्र हो, नबोल् भनेर धेरै फोन पनि आइरहेको छ, यो पनि थाहा छ– थाहा छैन, कहाँ कहाँबाट तीर छोड्ने वाला छन्, प्रतीक्षामा छु ।’

खख

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ५५ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि