नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ ।

आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णयअनुसार गर्ने निर्णय भएको छ, नीतिगत रुपमा पुनर्गठनका विषयमा सुझाव दिइएको छ,’ उनले भने ।

यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति, कारबाहीका विषयमा छलफल, केन्द्रीय समितिका छलफललाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले नामका सन्दर्भमा आज कुनै छलफल नभएको पनि बताए । नेकपा सचिवालय बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ३ : ३७ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई