भियतनाममा शक्तिशाली आँधी « Khabarhub

भियतनाममा शक्तिशाली आँधी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचना पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएको भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ ।

भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् ।

यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ५६ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम