सनले ४ गोल गरेको खेलमा टोटनहम विजयी « Khabarhub

सनले ४ गोल गरेको खेलमा टोटनहम विजयी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङलिस प्रिमियर लिगमा टोटनहमले साउथह्यामटनलाई पराजित गरेको छ। आइतबार बेलुका भएको खेलमा टोटनहमले साउथह्यामटनलाई उसकै घरेलु मैदानमा ५-२ गोल अन्तरले पराजित गरेको हो।

टोटनहमका लागि दक्षिण कोरियाली स्टाइकर सन ह्युग मिनले ह्याटि्रक सहित ४ गोल गरे भने कप्तान ह्यारी केनले१ गोल गरेका हुन्।

खेलमा साउथह्यामटनका लागि इङ्सले ३२ ‍औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर, टोटनहमका लागि सनले खेलको पहिलो हाफको इन्जुरी समयमा, ४७,६४ र ७३ मिनेटमा गरि चार गोल गरेका हुन्।
सनको चारवटै गोलमन कप्तान केनले गोलको अवसर सिर्जना गरेका हुन्।

यस्तै ह्यारी केनले ८२ औं मिनेटमा गोल गर्दै टीमलाई ५-१ को अवस्थामा पुर्याए। टोटनहमका खेलाडीले फाउल गरेपछि खेलको अन्तिम मिनेटमा साउथह्यामटनले पेनाल्टी अवसर पाएको थियो। उक्त पेनाल्टीलाई इङ्सले गोल गर्दै खेल ५-२ को अवस्थामा पुर्याएका थिए।

प्रिमियर लिगको नयाँ सिजनमा दुई खेलमा पहिलो जीत हात पारेको टोटनहमले ३ अंक जोडेको छ भने साउथह्यामटन लगातार दुई खेलमा पराजित भएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : १९ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार