लिग वानमा पीएसजीको दोस्रो जित « Khabarhub

लिग वानमा पीएसजीको दोस्रो जित


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसविरुद्ध जित हात पारेको छ।

आइतबार बेलुका भएको खेलमा पीएसजीले नाइसलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

नयाँ सिजनमा दोस्रो जितका लागि स्टार खेलाडी किलियन एम्बाप्पे, एन्जल डि मारिया र मार्क्युनोसले गोल गरे।

खेलको ३१ मिनेटमा नाइसका खेलाडीले पीएसजीका खेलाडीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। उक्त पेनाल्टी एम्बाप्पेले गोलमा परिणत गर्दै टीमलाई अग्रता दिलाएका थिए।

१-० ले अघि रहेको पीएसजीका लागि पहिलो हाफको अतिरिक्त समयमा डि मारियाले गोल गर्दै टीमलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। यस्तै, मार्क्युनोसले ६६ औं मिनेटमा गोल गर्दै टीमका लागि ३-० गोलको अग्रता बनाएका थिए। नाइसले गोल फर्काउन नसकेपछि मार्क्युनोसको गोल निर्णायक बनेको थियो।

जित हात पारेको पीएसजीले ३ खेलमध्ये २ जित हात पार्दै ६ अंक जोडको छ भने समान ३ खेल खेलेको नाइसको ६ अंक रहेको छ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : २२ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र