आईपीएलमा राजस्थानको चौथो जित, चेन्नई ७ विकेटले पराजित | Khabarhub Khabarhub

आईपीएलमा राजस्थानको चौथो जित, चेन्नई ७ विकेटले पराजित


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ ।

अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।

यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।

चेन्नईका दीपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।

राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १/१ विकेट लिए ।

जितसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जीवितै रहेको छ ।

राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ५३ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ