सैपालको च्याङ्ग्रा : पोखरामा बजार « Khabarhub

सैपालको च्याङ्ग्रा : पोखरामा बजार


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तीरयामा भेटिए।

व्यावसायिक रुपले भेडा/च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा भेडा/च्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् ।

बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडा/च्याङ्ग्राको व्यापार लामो समयदेखि रहेको बताए । “हाम्रो सुदूरपश्चिममा दशैं तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन्,” बोहराले भने, “भेडा/च्याङ्ग्रामो माग पोखरा र काठमाडौँलगायत शहरमा बढी हुन्छ ।”

विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा/च्याङ्ग्रा खरिद बिक्रीमा सक्रिय उनले सात दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताए।

“बाटोमा चराउँदै लैजाँदा सात दिनमा भेडा/च्याङ्ग्रा पोखरा पुर्‍याउँछौँ,” उनले भने, “सुदूरपश्चिममा यसको माग छैन ।”

सैपालका स्थानीय अधिकांशले भेडा/च्याङ्ग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन् । दुई दिनअघि मात्रै छ ट्रक भेडा/च्याङ्ग्रा पोखराका लागि यहाँबाट हिँडेका छन् ।

कोरोना भाइरस महामारीका बेला भेडा/च्याङ्ग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ ।

“सैपालमा च्याङ्ग्राको ओजन हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु”, उनले भने, “यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ ।” उनले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङ्ग्रा पालन गर्दै आएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन् । स्थानीय सरकार आइसकेपछि सडक पुर्वाभारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ । चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडा/च्याङ्ग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ ।

“चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्”, उनले भने, “हिमालमा भेडा/च्याङ्ग्रा पालन गर्न सहज भने छैन ।” सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ । स्थानीय बढीजसो भेडा/च्याङ्ग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन् ।

“दशैँमा पोखरासितको च्याङ्ग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ”, उनले भने, “पोखराबाट पनि दशैँमा च्याङ्ग्रा माग गर्दै धेरै फोन आउँछन् ।” बझाङबाट पोखरा पुर्‍याएबापत प्रतिट्रक रु ७० देखि ८० हजार ढुवानी खर्च लाग्ने गरेको छ ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक रु डेढदेखि दुई करोडको भेडा/च्याङ्ग्राको व्यापार गर्ने गरेको बताए ।

“पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो”, अध्यक्ष धामीले भने, “गाउँपालिकाका ५० प्रतिशतले भेडा/च्याङ्ग्रा पालनमा लागेका छन् ।” पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसङ्ख्या तीन हजार रहेको छ ।

विगतमा भेडा/च्याङ्ग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौँ बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ । उनले भेडा/च्याङ्ग्रा पालनमा सक्रिय किसानलाई सङ्घ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताए।

“यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्”, उनले भने, “चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ ।”

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  २ : १३ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा