डा केसी अस्पतालबाट डिस्चार्ज « Khabarhub

डा केसी अस्पतालबाट डिस्चार्ज


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१९ औं अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।

भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।

अनसनको २७ औं दिनमा गत असोज २४ गते राति १२ बजे शिक्षा मन्त्रालयको टोली र डा केसीबीच माग सम्बोधन गर्ने सम्झौता भएपछि डा केसीले २५ गते टिचिङ अस्पतालका सरसफाइ कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका थिए ।

लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो ।

स्वास्थ्य अवस्था ठिक भएपछि आज  डा केसी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : ०९ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना