२ लाख बढीले आफ्नै खर्चमा गराए कोरोना परीक्षण | Khabarhub Khabarhub

२ लाख बढीले आफ्नै खर्चमा गराए कोरोना परीक्षण


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना परीक्षण नि:शूल्क गरिएको दावी गरिरहेको समयमा पनि दुई लाखभन्दा बढी व्यक्तिहरुले शुल्क तिरेर कोरोना परीक्षण गरिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल आफैंले २ लाखभन्दा बढी व्यक्तिहरुले शुल्क तिरेर कोरोना परीक्षण गराएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

मंगलबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले २ लाख ३१ हजार ४ सय ५ जना व्यक्तिहरुले निजी तथा सरकारी प्रयोगशालामा शुल्क तिरी परीक्षण गराएको बताएका हुन् ।

मन्त्री ढकालका अनुसार देशभरका ४१ सरकारी र २१ वटा निजी प्रयोगशालाहरुमा १३ लाख ९ सय १८ वटा कोरोना परीक्षण भएका छन् ।

“महामारीको शुरूवाती दिनदेखि नै कोभिड–१९को परीक्षण तथा उपचार निःशूल्क गरिदै आएकोमा नागरिक तथा निजी क्षेत्रको चाहना र माग अनुसार निजी क्षेत्रबाट सञ्चालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परीक्षण तथा उपचार भईरहेको छ,” मन्त्री ढकालले भने, “हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाहरुबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्ये २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिहरूले निजी तथा सरकारी प्रयोगशालाहरूबाट शुल्क तिरेर परीक्षण गराएको देखिन्छ।”

उनले कोभिडका लागि ७० वटा अस्पतालहरु तोकिएकोमा १७ अस्पताल निजी क्षेत्रका रहेको पनि जानकारी दिए ।

यस्तै देश भरका सबै निजी अस्पताल तथा मेडिकल कलेजहरुले आफूसँग रहेका कम्तीमा ५० प्रतिशत सबै प्रकारका बेडहरू कोभिड उपचार व्यवस्थापनमा लगाउने व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ३२ बजे

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि

भोजपुरको कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुर– भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको

आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त

इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासका १० वटा धेरै योगफलका खेलमध्ये