२ लाख बढीले आफ्नै खर्चमा गराए कोरोना परीक्षण « Khabarhub

२ लाख बढीले आफ्नै खर्चमा गराए कोरोना परीक्षण


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना परीक्षण नि:शूल्क गरिएको दावी गरिरहेको समयमा पनि दुई लाखभन्दा बढी व्यक्तिहरुले शुल्क तिरेर कोरोना परीक्षण गरिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल आफैंले २ लाखभन्दा बढी व्यक्तिहरुले शुल्क तिरेर कोरोना परीक्षण गराएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

मंगलबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले २ लाख ३१ हजार ४ सय ५ जना व्यक्तिहरुले निजी तथा सरकारी प्रयोगशालामा शुल्क तिरी परीक्षण गराएको बताएका हुन् ।

मन्त्री ढकालका अनुसार देशभरका ४१ सरकारी र २१ वटा निजी प्रयोगशालाहरुमा १३ लाख ९ सय १८ वटा कोरोना परीक्षण भएका छन् ।

“महामारीको शुरूवाती दिनदेखि नै कोभिड–१९को परीक्षण तथा उपचार निःशूल्क गरिदै आएकोमा नागरिक तथा निजी क्षेत्रको चाहना र माग अनुसार निजी क्षेत्रबाट सञ्चालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परीक्षण तथा उपचार भईरहेको छ,” मन्त्री ढकालले भने, “हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाहरुबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्ये २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिहरूले निजी तथा सरकारी प्रयोगशालाहरूबाट शुल्क तिरेर परीक्षण गराएको देखिन्छ।”

उनले कोभिडका लागि ७० वटा अस्पतालहरु तोकिएकोमा १७ अस्पताल निजी क्षेत्रका रहेको पनि जानकारी दिए ।

यस्तै देश भरका सबै निजी अस्पताल तथा मेडिकल कलेजहरुले आफूसँग रहेका कम्तीमा ५० प्रतिशत सबै प्रकारका बेडहरू कोभिड उपचार व्यवस्थापनमा लगाउने व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ३२ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले