डा भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष « Khabarhub

डा भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले पूर्वप्रधानमन्त्री भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको नेता रामसहायप्रसाद यादवले जानकारी दिए ।

बैठकले भट्टराईको नेतृत्वमा ५ सय ९७ सदस्यीय संघीय परिषद् बनाएको छ । परिषद् केन्द्रीय समितिभन्दा माथिल्लो निकाय पनि बनेको छ।

विधान संशोधन गर्दै जसपाले केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिको आकार बढाएर ८ सय १ सदस्यीय बनाएको छ ।

पछिल्लो निर्णयसँगै भट्टराईको वरियता सबैभन्दा माथि भएको छ ।

जसपाको केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव छन् । त्यसैगरी पार्टीको वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । डा. भट्टराई यसअघि वरिष्ठ नेता थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ५६ बजे

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य