कोभ्रेको बनेपा कोरोनाको हटस्पट बन्दै « Khabarhub

कोभ्रेको बनेपा कोरोनाको हटस्पट बन्दै


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् ।

जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो ।

हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ ।

हाल नगरमा २१४ सक्रिय सङ्क्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना सङ्क्रमण देखिएको हो ।

बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ ।

यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र हो ।

यसैबीच, सातादेखि काभ्रेपलाञ्चोकमा सङ्क्रमितको संख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार सोमबार ४१ सङ्क्रमित थपिएसँगै जिल्लामा ४८६ महिला र ७९८ पुरुष सङ्क्रमित भएका हुन् ।

कुल सक्रिय सङ्क्रमितमध्ये सोमबारसम्म धुलिखेलमा ३१ प्रतिशत अर्थात् १७३ छन् । पनौतीमा ६८, पाँचखालमा ३५, नमोबुद्धमा ३७, मण्डनदेउपुरमा ३४, रोशीमा १२ सङ्क्रमित रहेका छन् । भुम्लु र बेथानचोक गाउँपालिकाको एक÷एकजनामा सङ्क्रमण देखिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको १३ मध्ये चार गाउँपालिका कोरोनामुक्त छन् । महाभारत, तेमाल, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।

काभ्रेपलाञ्चोकमा हालसम्म आठ पुरुष र छ महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमितमध्ये २४९ महिला तथा ४५३ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिए ।

पोष्टका अनुसार कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत पुरुष हुन् । हाल सक्रीय सङ्क्रमितमध्ये १५३ अस्पताल र ४१६ होम आइसोलेशनमा उपचाररत छन् ।

नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ३७ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु