गण्डकी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने « Khabarhub

गण्डकी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने जनाएको छ ।

केन्द्र सरकारले विभिन्न मापदण्ड बनाएर कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट पन्छिदै गर्दा गण्डकी प्रदेशले भने संक्रमितको उपचार नि:शुल्क गर्ने जनाएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको नि:शुल्क उपचार भइरहेको जानकारी दिए।

‘हालसम्म जुन ढंगबाट उपचार हुँदै आएको छ। त्यो यथावत रहन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अझ पहिलाभन्दा झन् व्यवस्थित बनाउने तयारीमा छौं ।’

सबै जिल्लाहरुमा आइसियु बेडकाे व्यवस्था हुनै लागेकाे भन्दै उनले नागरिककाे जीवन रक्षाका लागि आफूहरू जिम्मेवार रहेको बताए।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा