फेसबुकमा ‘बलात्कारी संगठन’ बनाउने अर्का एक पक्राउ « Khabarhub

फेसबुकमा ‘बलात्कारी संगठन’ बनाउने अर्का एक पक्राउ


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक पेज तथा ग्रुप बनाउने अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।

केही दिन अघि नवलपरासीबाट एक जना पक्राउ गरेको साइबर ब्यूरोले मंगलबार पाल्पाबाट अर्को एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माथागढी १ पाल्पाका अभिषेक नेपाल रहेको ब्यूरोले जनाएको छ । रेपर एसोसियसनको नाममा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट र कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

ब्यूरोले गत शुक्रबार प्युठान झिम्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : २९ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना