कञ्चनपुरमा सशस्त्रका तीन ‘बिओपी’ स्थापना « Khabarhub

कञ्चनपुरमा सशस्त्रका तीन ‘बिओपी’ स्थापना


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना  गरिएको छ ।

पुर्नवास नगरपालिका ११ डोकेबजार, सोही नगरपालिकाको वडा नं ४ आँपताल र वडा नं ६,७,८ को खड्डाकंकडमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।

स्थापना गरिएका आउट पोष्टको सशस्त्र प्रहरीको अत्तरियास्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले उद्घाटन गरे ।

उनले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न र सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ गरिएको बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले सीमा क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुविधा नभएपनि सीमा रक्षाका लागि जवानले इमान्दारपूर्वक कार्यक्षेत्रमा काम गरेको जनाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : ३१ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप