बंगलादेशमा हारे पनि दुर्बल छैन नेपाली टिम « Khabarhub

बंगलादेशमा हारे पनि दुर्बल छैन नेपाली टिम



काठमाडौँ— गत वर्षको चैतदेखि घरमा थन्किएका नेपाली फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । जसमा पहिलो खेलमा २–० गोल अन्तरले नेपालको हार भयो भने अर्को खेल गोलरहित बराबरी भयो ।

राष्ट्रिय फुटबल टोलीको यो नतिजालाई नेपाली फुटबल समर्थकले सहजरूपमा लिन सकेनन् । यो नतिजाका लागि खेलाडीलाई अपजस दिने ठाउँ भने छैन ।

सरकारले कोरोना महामारीका कारण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको आठ महिना बितिसकेको छ ।
यो अवधिमा खेलाडीहरुले प्रतिस्पर्धात्मक अभ्यास गर्न पाएनन् । न त, उनीहरुले मैदानमा खेल्न नै पाए । लामो समयको मानसिक तनावका बीच राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन स्वीकार्नुको विकल्प नरहेको फुटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन् ।

‘कोरोना भाइरसले विश्व फुटबललाई असर पारेको छ । युरोपमा केही महिना अगाडिदेखि क्लब फुटबल सुरु भएको छ । हाम्रो जस्ता व्यावसायिक फुटबल सुरु नभइसकेका मुलुकमा क्लब फुटबल हुन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय टोलीले खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट दर्शकको अपेक्षा पूरा भएन,’ मिश्रले भने, ‘तर, खेल कसरी भन्नेर गहिरिएर विश्लेषण गर्दा धेरै कुरा आउँछन् ।’

अहिलेको टोलीका मुख्य प्रशिक्षक योहान मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेको र कार्यबाहक प्रशिक्षकका रूपमा बालगोपाल महर्जनले जिम्मेवारी सम्हाल्दा आफ्नो योजना अनुसार खेलाडी अभाव भएको हुन सक्ने विश्लेषण छ मिश्रको ।

उनी भन्छन्, ‘प्रशिक्षकले आफूले खेलाडी बोलाउन नपाउँदा पनि यस्तो हुन सक्छ । पहिलो टोलीमा पनि केही आशा गरेका खेलाडी सुरुमै कोरोना भाइरसको संक्रमणमा परे, त्यसमा पनि जोगिएका केही भरपर्दा खेलाडी बंगलादेश जानु अगाडि संक्रमित भए ।’

राष्ट्रिय टोलीका अनुभवी र व्यावसायिक फुटबलर रोहित चन्द र विमल घर्ती मगर जस्ता खेलाडी टोलीमा नहुँदा समेत सन्तुलित टीम बन्न नसकेको उनको भनाइ छ ।

पहिलोपटक सिनियर टीमको नेतृत्व गरेका महर्जनका लागि ‘बंगलादेश टुर’ निकै चुनौतीपूर्ण थियो । राष्ट्रिय टोलीमा सुरुवाती ११ खेलाडी छान्नै कठिन थियो उनका लागि । फिफा विश्वकप छनोट खेलेको टोलीका सबै खेलाडी टोलीमा थिएनन् । भएका खेलाडीबाट पनि अपेक्षित नतिजा आउने वा नआउने शंका थियो ।

पहिलो खेलमा नेपाल २–० ले नतिजा सुम्पन बाध्य भयो । उक्त खेलमा फिफा विश्वकप छनोटमा खेलेका रक्षक अजित भण्डारी र सुमन अर्यालले अपेक्षा अनुसार खेल देखाउन सकेनन् । मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाबाट पनि अपेक्षा अनुसार प्रदर्शन नहुन दोस्रो खेलमा नयाँ खेलाडीले स्थान पाए ।

सागमा नेपालको रक्षा पङ्तिमा राम्रो प्रदर्शन दिएका छिरिङ गुरुङ र रञ्जित धिमालले राम्रो गरे भने मिडफिल्डमा युवा खेलाडी एरिक बिष्टले राम्रो सम्भावना देखाए ।

यस्तै, युवा खेलाडीमा विकास खवासले रक्षापङ्तिमा आफूलाई अब्बल देखाउने प्रयास गरे ।

बंगलादेशसँगको दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ‘बोल्ड डिसिजन’ पनि गरे । उनले टोलीको कप्तानका रूपमा मैदान पसाएका भरत खवासलाई १९औँ मिनेटमा नवयुग श्रेष्ठसँग परिवर्तन गरे । भरतले आफ्नो अपेक्षाअनुसार नखेल्दा प्रशिक्षक महर्जनले परिवर्तन गरिदिए ।

भरत बंगलादेश टुरमा रहेको नेपाली टोलीका सबैभन्दा पुराना खेलाडी हुन् । त्यसपछिको बाँकी खेलमा गोलकिपर किरण कुमार चेमजोङले टोली सम्हालेका थिए ।

अब के गर्ने ?

सरकारले कोरोना महामारीपछि तिहार लगत्तै खेलकुदका अभ्यास सुरु गर्न अनुमति दिएको छ । अब नेपालमा पनि विस्तारै खेल गतिविधि सुरु हुने अनुमान गरिएको छ ।

नेपालमा खेल गतिविधि बन्द अवस्थामा रहँदा महामारीसँग जुधिरहेको बंगलादेशले दर्शकसहितको फुटबल नेपालसँगै खेलाएको छ ।

मिश्र भन्छन्, ‘कोरोना संक्रमणको अवस्था हेर्दा नेपालभन्दा बंगलादेशमा महामारी बढी छ । अब नेपालले उसैलाई उदाहरणका रूपमा लिनुपर्छ । अब क्लोज डोर वा आंशिकरूपमा दर्शक राखेर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलाउन अनुमति सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दिनुपर्छ ।’

मुख्य प्रशिक्षक कालिन नफर्किएसम्म एन्फाले बाल गोपाललाई नै टोलीको जिम्मेवारी दिएर ‘व्याकअप’ टिम सहितको बन्द प्रशिक्षण सुरु गर्नु पर्नेमा मिश्रको सुझाव छ ।

उनले भने, ‘कम्तीमा ५० जना खेलाडीको टीम बनाएर विश्वकप छनोट बन्द प्रशिक्षण राख्नु पर्छ । त्यसबीचमा महिनाको कम्तीमा एक–दुई मैत्रीपूर्ण फुटबल खेलाउन सके नेपाली टोली समयमै राम्रो लयमा आउनसक्छ ।’

काठमाडौँमा मात्रै अभ्यास नगरेर बाहिर पनि अभ्यास गराउन सकिने मिश्रको भनाइ छ । बाहिर जिल्लामा अभ्यास गराउँदा खेलाडी पनि फ्रेस हुने र अल्टीच्युडका कुरामा पनि सघाउ पुग्ने उनको भनाइ छ ।

चिसो ठाउँमा अभ्यास गर्दा विश्वकप छनोटका खेलमा नेपाललाई फाइदा पुग्ने मिश्र बताउँछन् ।

मिश्रका अनुसार कोरोना जोखिम कम भएका जिल्लामा क्याम्प राख्न सक्यो भने राम्रो हुन्छ । काठमाडौँ बाहिर पनि अभ्यास गराउने र प्रत्येक महिना मैत्रीपूर्ण खेल्ने गर्दा अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्न बलियो टिम बन्न सक्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : १५ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको