राष्ट्रपतिका उम्मेदवार पक्राउ गरिपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु « Khabarhub

राष्ट्रपतिका उम्मेदवार पक्राउ गरिपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ ।

बिहीबार भएको प्रदर्शन हिंसामा परिणत भएको छ । प्रदर्शनकारीहरू आगजनी र तोडफोडमा उत्रिएपछि भएका झडपमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको प्रदर्शनमा अरू ४५ जना घाइते भएको प्रहरी प्रवक्ता फ्रेड एनानगाले बताएका छन् ।

प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यद्यपि वाइनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा वाइन पनि एक उम्मेदवार हुन् । उनी विपक्षी राजनीतिक दलको नेता पनि हुन् ।

युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी हालका युगान्डाका राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धी हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ४५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी