कक्षा १२ को परीक्षा अनलाइनबाट नहुने « Khabarhub

कक्षा १२ को परीक्षा अनलाइनबाट नहुने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ ।

भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने राष्ट्रिय परीक्षा बोर्डले प्रष्ट पारेको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षा सञ्चालन हुन लागेका ५० जिल्लाका ढाडाका परीक्षा केन्द्रमा भने प्रश्नपत्र पनि पठाइसकेको पौडेलले बताए ।

नजिकका परीक्षा केन्द्रमा भने परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।

गत वैशाखमा  स्थगित भएको कक्षा १२ को परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन हुँदैछ ।

परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ५० बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट