विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा, संक्रमण न्याय निरूपणमा ढिलाई « Khabarhub

विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा, संक्रमण न्याय निरूपणमा ढिलाई


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तत्कालिन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भएको छ ।

विस्तृत शान्ति सम्झौता भएपछि तात्कालिन माओवादी राजनितिक मुलधारमा आएको पनि १४ वर्ष पूरा भएको छ ।

२०६३ मंसिर ५ गते आजकै दिन सरकारका तर्फवाट तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र विद्रोहीका तर्फवाट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।

सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको थियो ।

सोही सम्झौताको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएको थियो ।

राजतन्त्रको अन्त्यसँगै नेपालमा संविधानसभा मार्फत नयाँ लोकतान्त्रीक संविधान जारी भयो ।

विस्तृत शान्ति सम्झौतापछि सेना समायोजन लगायतका काम सकिए पनि संक्रमणकालिन न्याय निरूपणको काम अझै पूरा भएको छैन ।

शान्ति सम्झौतामा उल्लेख भएका संविधान सभा मार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन भए पनि संक्रमणकालीन न्याय निरूपणमा ढिलाई हुँदा पीडित निराश छन् ।

सम्झौतामा हस्ताक्षर गर्दा ६ महिनाभित्र सत्य निरुपण र मेलमिलाप आयोग गठन गर्ने सहमति भए पनि त्यसको ९ वर्षपछि मात्रै ती आयोग गठन भए ।

तर, त्यसमा पदाधिकारी नियुक्ती र कानुन निर्माणको ढिलाई जस्ता कारण न्याय निरूपणको प्रकिया नै अघि बढ्न सकेन ।

आयोगका पदाधिकारीहरूले एक कार्यकाल गुजारेर नयाँ पदाधिकारी नियुक्त हुँदा पनि न्याय निरूपण प्रकिया निचोडमा पुग्न सकेको छैन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरीहरु दर्ता भएका छन् । जसमध्ये झण्डै ४ हजार उजुरीको मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको छ ।

वेपत्ता आयोगमा परेका ३ हजार २२३ उजुरीहरुको पनि छानविन चलिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ४२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि