विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा, संक्रमण न्याय निरूपणमा ढिलाई « Khabarhub

विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा, संक्रमण न्याय निरूपणमा ढिलाई


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तत्कालिन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भएको छ ।

विस्तृत शान्ति सम्झौता भएपछि तात्कालिन माओवादी राजनितिक मुलधारमा आएको पनि १४ वर्ष पूरा भएको छ ।

२०६३ मंसिर ५ गते आजकै दिन सरकारका तर्फवाट तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र विद्रोहीका तर्फवाट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।

सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको थियो ।

सोही सम्झौताको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएको थियो ।

राजतन्त्रको अन्त्यसँगै नेपालमा संविधानसभा मार्फत नयाँ लोकतान्त्रीक संविधान जारी भयो ।

विस्तृत शान्ति सम्झौतापछि सेना समायोजन लगायतका काम सकिए पनि संक्रमणकालिन न्याय निरूपणको काम अझै पूरा भएको छैन ।

शान्ति सम्झौतामा उल्लेख भएका संविधान सभा मार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन भए पनि संक्रमणकालीन न्याय निरूपणमा ढिलाई हुँदा पीडित निराश छन् ।

सम्झौतामा हस्ताक्षर गर्दा ६ महिनाभित्र सत्य निरुपण र मेलमिलाप आयोग गठन गर्ने सहमति भए पनि त्यसको ९ वर्षपछि मात्रै ती आयोग गठन भए ।

तर, त्यसमा पदाधिकारी नियुक्ती र कानुन निर्माणको ढिलाई जस्ता कारण न्याय निरूपणको प्रकिया नै अघि बढ्न सकेन ।

आयोगका पदाधिकारीहरूले एक कार्यकाल गुजारेर नयाँ पदाधिकारी नियुक्त हुँदा पनि न्याय निरूपण प्रकिया निचोडमा पुग्न सकेको छैन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरीहरु दर्ता भएका छन् । जसमध्ये झण्डै ४ हजार उजुरीको मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको छ ।

वेपत्ता आयोगमा परेका ३ हजार २२३ उजुरीहरुको पनि छानविन चलिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ४२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी