गैरकानूनी रुपमा नेपाल बसेका ३ विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय « Khabarhub

गैरकानूनी रुपमा नेपाल बसेका ३ विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले गैरकानुनी रुपमा लामो समयसम्म नेपाल बसेका ३ विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यस्तै गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरेका यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु. १ लाख समेत मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ४२ बजे

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६