ला लिगा : बराबरीमा रोकियो बार्सिलोना « Khabarhub

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको छ ।

भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पाएको पेनाल्टीमा मेस्सी चुके । तर, पेनाल्टी रोकिएर रिबाउन्डमा आएको गोललाई  जोर्डी अल्बाले क्रस गरे । सोही बललाई मेस्सीले हेडरमार्फत गोलमा परिणत गरे ।

५३औँ मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ६९औँ मिनेटमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : ५० बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य