नेकपा स्थायी कमिटी बैठक आज « Khabarhub

नेकपा स्थायी कमिटी बैठक आज

एक पद छाड्न दबाब बढेपछि बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

ओलीले गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेपछि उनी शुक्रबार पेरिसडाँडामा भएको दाहाल-नेपालको गुटगत भेलामा समेत सहभागी भएनन् ।

शनिबार खुमलटारमा भएको ओली-दाहाल भेटवार्तामा पुगेका गौतम दाहाल-नेपालको भेटवार्तालाई खास महत्व नदिई हिँडेपछि उनी ओली गुटमा पुगेको आकलन गरिएको छ ।

तथापि गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ । तर, एमालेको महाधिवेशनदेखि नै पटक-पटक ओलीले धोका दिएकाले के गर्ने भनेर गौतमले अन्तिम निर्णय दिनअघि निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ ।

गौतमलाई अध्यक्ष बनाएर जान सके आफू कार्यकारी भूमिकामा नरहे पनि उनीमार्फत आफू अनुकूलको निर्णय गराउन सक्ने ठम्याई ओलीको छ ।

गौतम आफ्नो साथमा रहे सचिवालयमै आफ्नो बहुमत पुग्ने ठानेका ओलीले स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहको प्रतिवाद गर्दै सचिवालय बैठकमै फर्केर आफ्नो अनुकुलको निर्णय गर्ने तयारीसमेत गरेको स्रोतको दाबी छ ।

तर दाहाल-नेपाल समूले भने पुस १ को स्थायी कमिटी बैठकअघिको समझदारी कार्यान्वयन नभएको भन्दै ओलीलाई बहुमतबाट निर्णय गर्ने तयारी गरेका छन् ।

पुस १ को स्थायी कमिटी बैठकअघि संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश ल्याएर ओलीले पार्टीलाई चुनौती दिएको भन्दै दाहाल-नेपाल समूहले संसदको विशेष अधिवेशन डाक्न राष्ट्रपतिलाई दबाब दिन खोजेको थियो ।

पुस १ कै स्थायी कमिटी बैठक सुरू नभएपछि ८३ सांसदको हस्ताक्षर लिएर समावेदन दर्ता गराउन नेता भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेपछि ओलीले अध्यादेश फिर्ता लिने र विशेष अधिवेशन पनि नडाक्ने सहमति भएको थियो । तर, ओलीले अध्यादेश फिर्ता लिनको साटो राजनीतिक भेटवार्ता तीब्र पारेर थप केही निर्णय लिन खोजेको भन्दै दाहाल-नेपाल समूह शसंकित छ ।

ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका थिए ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेपछि मंसिर १३ को बैठकमा ओलीले जवाफि प्रस्ताव पेस गरेका थिए । दुई पक्षबीचको विवाद दस्तावेजकै रूपमा प्रवेश गरेपछि नेकपाभित्र संकट गहिरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : ०३ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु