सरकारद्वारा प्रतिनिधि सभा विघटनको निर्णय ! « Khabarhub

सरकारद्वारा प्रतिनिधि सभा विघटनको निर्णय !


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले बताएका छन् ।

‘केही मन्त्रीहरूले असहमति जनाउँदा जनाउँदै प्रधानमन्त्रीले एकलौटी ढंगले निर्णय बढाउनु भयो, प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय भएकै हो,’ ती मन्त्रीले भने ।

तर, राष्ट्रपति कार्यालय शितल निवासले भने यसबारे कुनै जानकारी नआएको स्रोतले जनाएको छ ।

यसअघि मन्त्रीहरुलाई जानकारी नै नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । उक्त प्रस्तावपछि नेकपाको विवादले नयाँ मोड लिएको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

तर, प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ४६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा