सरकारद्वारा प्रतिनिधि सभा विघटनको निर्णय ! | Khabarhub Khabarhub

सरकारद्वारा प्रतिनिधि सभा विघटनको निर्णय !


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले बताएका छन् ।

‘केही मन्त्रीहरूले असहमति जनाउँदा जनाउँदै प्रधानमन्त्रीले एकलौटी ढंगले निर्णय बढाउनु भयो, प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय भएकै हो,’ ती मन्त्रीले भने ।

तर, राष्ट्रपति कार्यालय शितल निवासले भने यसबारे कुनै जानकारी नआएको स्रोतले जनाएको छ ।

यसअघि मन्त्रीहरुलाई जानकारी नै नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । उक्त प्रस्तावपछि नेकपाको विवादले नयाँ मोड लिएको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

तर, प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ४६ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का