के सम्भव छ प्रतिनिधिसभा विघटन ? | Khabarhub Khabarhub

के सम्भव छ प्रतिनिधिसभा विघटन ?


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको आन्तरिक द्वन्द्वको  कोपभाजनमा संविधान परेको छ । मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिलाई प्रतिनिधि सभा विघटनको प्रस्ताव गरेपछि राजनीतिक वृत्त तरंगित भएको छ ।

संविधानका ज्ञाताहरू आश्चर्यमा परेका छन् । संविधानविदहरू संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने कुनै प्रावधान नै नरहेको बताउँछन् । यसअघिको संविधानमा उक्त व्यवस्था हुँदा मुलुक अस्थिरतमा गएको जानिबुझिकनैं दलहरुले संविधानमा त्यस्तो व्यवस्था गरेनन् ।

अस्थिरता नहोस् भनेरै सरकारविरुद्ध आउने अविश्वासको प्रस्ताव ल्याउन कसिलो व्यवस्था गरिएको थियो । यसैकारण पनि कम्तिमा २ बर्ष सरकार टिक्यो ।

तर, संसद् विघटनको कुरा विल्कुलै आधारहीन भएको संविधानविद् टिकाराम भट्टराई बताउँछन् ।

संविधानको धारा ८५ मा को उपधारा १ मा ‘संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ,’ भन्ने उल्लेख गरिएको छ ।

संविधान वमोजिम अगाबै विघटन भएकोमा बाहेकको अर्थ प्रधानमन्त्रीले ‘कू’ गरेर संसद् नै विघटन गर्न सक्ने अर्थ नलाग्ने संविधानविद् डा. विपिन अधिकारी पनि बताउँछन् ।

‘प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव घोषणा गर्न सक्छन् भनिनु संविधान नबुझेको र नपढेका मानिसका मात्र कुरा हुन्, यथार्थ त्यस्तो छैन,’ अधिकारीले भने ‘ मुलुकमा लिडरको समस्या होला तर पार्टीको अवस्था त्यस्तो हैन । एउटा सरकार गिरे पनि बहुमतमा अर्को सरकार नबन्ने अवस्था छँदैछैन ।’

सरकार पनि गिर्ने र अर्को सरकार पनि नबन्ने अवस्था रहेमात्र संसद विघटन हुनसक्ने अधिकारी बताउँछन् । यद्यपि त्यो अवस्थाको परिकल्पना समेत वर्तमान संविधानमा नगरिएको उनले बताएका छन् ।

‘मानौं त्यस्तै अकल्पनीय परिस्थिति नै आएको खण्डमा संकटकालीन अवस्था टार्न राष्ट्रपतिले टेकओभर गरेर अर्को चुनावको घोषणा गराउन सक्छ, त्यो व्यवस्था संविधानमा नभए पनि राष्ट्रपतिको स्वविवेकले चल्नुपर्ने हुनसक्छ ,’ उनले भने ।

यसअर्थमा मन्त्रिपरिषदको पछिल्लो निर्णय असंवैधानिक भएको छ । सरकारले गरेको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएमा वा नभएमा पनि अब यो मुद्दा सर्वोच्च अदालतमा पुग्ने भएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ५९ बजे

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सार्वजनिक, बुधबार अन्तर्वार्ता

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत

पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

म्याग्दी– समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि

स्यूचाटारमा आगलागी, १५ लाख बढीको क्षति

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण