ब्रेकिङ : वैशाख २३ वा २९ मा चुनाव गर्न ओलीको प्रस्ताव « Khabarhub

ब्रेकिङ : वैशाख २३ वा २९ मा चुनाव गर्न ओलीको प्रस्ताव

सिफारिस रोक्न मिल्दैन- राष्ट्रपतिका सल्लाहकार


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  वैशाख २३ वा २९ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ वा २९ मा चुनावको प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

संसद विघटनको मन्त्रिरपरिषदको सिफारिस लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका उनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवि भण्डारीले भने अनुमोदन गरेकी छैनन् । सो प्रस्ताव राखेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् ।

सिफारिस रोकिँदैन- राष्ट्रपतिका सल्लाहकार

राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले मन्त्रिपरिषदका सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।

‘राष्ट्रपति संवैधानिक हुनुहुन्छ, कार्यकारी अधिकार उहाँमा नभएकाले सरकारको सिफारिस रोक्न मिल्दैन, रोकेमा असंवैधानिक ठहरिन्छ, डेड बडीमा साइन गर्न परे पनि उहाँबाट रोकिन्न,’ यादबले भने ।

राष्ट्रपतिलाई संविधानले दायाँबायाँ गर्ने अधिकार नै नदिएको उनले बताए । सरकारले सिफारिस गरेको पछिल्लो निर्णयलाई अब संविधानको धारा ६३ बमोजिम अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : ०३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी