प्रतिनिधि सभा भङ्गपछिको सुरक्षा चुनौतीबारे प्रधानसेनापतिद्वारा पृतनापतिहरूसँग संवाद « Khabarhub

प्रतिनिधि सभा भङ्गपछिको सुरक्षा चुनौतीबारे प्रधानसेनापतिद्वारा पृतनापतिहरूसँग संवाद


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भङ्ग गरी नयाँ निर्वाचनको घोषणा गरेपछि उत्पन्न हुन सक्ने सम्भाव्य सुरक्षा चुनौतीबारे पृतनापतिहरूसँग भिडियो संवाद गरेका छन् ।

सेनापति थापाले आठैजना पृतनापतिसँग बिफ्रिङ लिँदै सुरक्षा सर्तकता अपनाउन र सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न निर्देशन दिएका छन् । उच्च सैन्य स्रोतका अनुसार नेपाली सेना प्रतिनिधि सभा विघटनको निर्णयलाई राजनीतिक मान्दै तटस्थ बस्ने निष्कर्षमा पुगेको छ ।

नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग संक्षिप्त कुरा गर्दै एक सैनिक अधिकारीले भने, ‘सेना कुनै पनि राजनीतिक कदमको राजनीतिक समाधान होओस् भन्ने चाहन्छ, वैधानिक सरकारको निर्णय मान्नु हाम्रो दायित्व हो, हामी पछिल्लो परिस्थितिबारे गम्भीर रहे पनि राष्ट्रिय सुरक्षाबाहेकको विषयमा हाम्रो संलग्नता रहँदैन ।’

उनले सुरक्षा स्थिति समाल्न प्रहरी नै सक्षम हुनेमा नेपाली सेना विश्वस्त रहेको बताए । उनले नेपाली सेनाले कुनै पनि प्रकारको हिंसा र झडपको अवस्था नआओस् भन्ने चाहेको पनि बताए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ३२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज