नेकपा सांसदहरुले आज बिहानै गरेका थिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता « Khabarhub

नेकपा सांसदहरुले आज बिहानै गरेका थिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।

नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

उनीहरुले संविधानको धारा १०० को उपधारा ४ बमोजिम अविश्वास प्रस्ताव दर्ता गरेको जनाएका छन् । उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल व्रचण्डलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

अविश्वासको प्रस्ताव ल्याउँदा भावी प्रधानमन्त्रीको नामसहित प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डको नाम प्रस्ताव गरिएको हो। तर, संसद विघटन भइसकेकाले यो प्रस्ताव भने अब अलपत्र परेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

यस्तो छ अविश्वासको प्रस्ताव 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : ११ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।