प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल « Khabarhub

प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि आउँदो निर्वाचनका विषयमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग बालुवाटारमा छलफल गरेका हुन ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग प्रधानमन्त्रीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल समेत सहभागी भएका थिए।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

उनले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेकी छन्।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।