प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल « Khabarhub

प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि आउँदो निर्वाचनका विषयमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग बालुवाटारमा छलफल गरेका हुन ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग प्रधानमन्त्रीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल समेत सहभागी भएका थिए।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

उनले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेकी छन्।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : २२ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका