धनगढीमा नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन « Khabarhub

धनगढीमा नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई लिएर मुलुकका विभिन्न स्थानमा प्रतिपक्षी दल लगायत सत्तारुढ दलकै कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

संसद विघटनलाई लिएर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरिएको हो ।

यसैबीच कैलालीको धनगढीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस स्वीकृत गरेको भन्दै उनीविरुद्ध समेत नाराबाजी गरेका छन् ।

नेपाली कांग्रसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई ‘अधिनायकवादी’को संज्ञा दिएको छ भने यसका विरुद्ध सशक्त प्रतिकार गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ०१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।