गृह जिल्ला झापामा ओलीविरुद्ध नेकपाका कार्यकर्ता उत्रिए प्रदर्शनमा « Khabarhub

गृह जिल्ला झापामा ओलीविरुद्ध नेकपाका कार्यकर्ता उत्रिए प्रदर्शनमा


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कार्यकर्ताहरुले उनको विरोध गरेका छन् ।

संघीय संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीहरु विरोध प्रदर्शन उत्रिएका हुन ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति संसद् विघटन गरेपछि नेकपाका भ्रातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन।

विरोध र्‍यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर युवा तथा विद्यार्थीले संसद् विघटन प्रतिगामी सिफारिस खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद र सर्वसत्तावाद मुर्दावादको नारा लगाएका थिए।

सरकारले गरेको संसद विघटनको कदमलाई लिएर मुलुकका विभिन्न स्थानमा प्रतिपक्षी दल लगायत सत्तारुढ दलकै नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : १६ बजे

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी